बारा १७ मंसिर
महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षिय मेलामा मंगलबार बिहानैदेखि रांगाको बलि दिने कार्य शुरु गरिएको छ। बिहानैदेखि राँगा बलि दिनुभन्दा पहिला सोमबार १२ बजे रातिदेखि गढीमाईको पुजारहरुले तान्त्रिक बिधि अनुसार मंगलबार बिहान ७ बजेसम्म पुजा गरेर पञ्चबलि दिएका छन्।पञ्चवलिको रुपमा बोका, पाठी(बाख्रा) परेवा,मुसा, हासको अण्डा गरि पाँच जिवलाई बलि दिएपछि राँगाको बलि दिने कार्य शुरु भएको गढीमाई मान्दिरको पुजारी शिव चौधरीले बताउनु भयो।गढीमाईसँग मागेको भाकल पुरा भएपछि नेपाल तथा भारतका बिहार, उत्तर प्रदेश र बंगालको बिभिन्न जिल्लाहरुबाट श्रद्धालुहरुले गढीमाईलाई बलि दिनको लागि राँगाहरुलाई लिएर आएका थिए।नेपाल र भारतको बिभिन्न स्थानहरुबाट एक हप्ता पहिलादेखि श्रद्धालुहरुले लिएर आएका राँगाहरुलाई रंगशालामा जम्मा गरि राखिएको पुजारी चौधरीले बताउनु भयो । रंगशालामा श्रद्धालुहरुले पाँच हजारको हाराहारीमा बलिको लागि राँगाहरुलाई लिएर आएको ती सबै राँगाहरुको बलि दिने बलि समितिका पदाधिकारीहरुले बताएका छन्।