भोडहाका बाढिपिडित,दलित गरिबहरुलाइ कम्बल बितरण गांसवास कपास,स्वास्थ्य शिक्षा र सुरक्षाको ग्यारेन्टी सरकारले गर्नु पर्छ-पुर्व मन्त्रि पौडेल

१८ मंसिर २०७६, बुधबार १८:०८ प्रकाशित

बारा १८ मंसिर
कलैया उपमहानगरपालिका वडा नम्बर २१ भोडहाका २०७६ सालका बाढिपिडित,दलित गरिबहरुलाइ कम्बल बितरण गरिएको छ । कार्यक्रममा बोल्दै पुर्ब मन्त्री पुर्षोत्तम पौडेलले मानव सेबा नै सबै भन्दा ठुलो धर्म भएको बताउनु भयो । उहाले जाडोको समयमा असाहय,गरिब,दलित पीडितहरुका गार्हो हुने भएकोले कम्बल बितरण गरीएको स्पष्ट पार्नु भयो । नेकपाका नेता समेत रहेका पुर्व मन्त्रि पौडेलले समृद्ध नेपाल निर्माणका लागि जनताका न्युनतम आवश्यकता गांसवास कपास,स्वास्थ्य शिक्षा र सुरक्षाको ग्यारेन्टी सरकारले गर्नु पर्ने उहांको भनाइृ थियो ।
बाल बिकास कार्यक्रम कुपण्डोलको आयोजना कोरीयन सामुदायिक फेलोसिपको सहयोग र वडा नम्बर २१ को ब्यवस्थापनमा सम्पन्न कम्बल बितरण कार्यक्रममा बोल्दै फेलोसिपका प्रमुख जेम्स पार्कले नेपाली गरिब दुखिको साथमा आफु रहेको प्रष्ट पार्नु भयो । बाल बिकास कार्यक्रमका अध्यक्ष जनक रिजालले आफ्नो सस्थाले बाराका हावाहुरी पीडितलाइ पनि राहत बितरण गरेको जानकारी गराउदै यहाका जनताको पिडामा मलम लगाउन आएको बताउनु भयो । नेकपाका नेता एबम जितपुरसिमरा सार्बजनिक सरोकार समितिका सम्योजक मनोज पौडेलले किसान,मजदुर र उत्पीडित समुदायको आर्थिक उन्नति नभए सम्म मुलुक समृद्ध हुन न सक्ने दाबी गर्नु भयो ।
वडा अध्यक्ष पुर्णदेब रौनियारको सभापतित्वमा सम्पन्न आर्यक्रममा संस्थाका बालकृष्ण भटटराई नेकपा बाराका सदस्यहरु धुर्ब यादब,जवाहिर अन्सारी,दसरथ राम,बिक्रम ठाकुर,मीना सिङ,सुरेस यादब वडा सदस्यहरु राम लखन यादब,इन्मान मिया,राजेन्द्र यादब,पल्टनीया थरुनी,बैधनाथ साह,शमाृ बैठा,हरीओम साह,नरेस मोदक लगायतले उपस्थीती रहेको थियो । सो अबसर २०० परिवारलाई कम्बल बितरण गरिएको थियो ।

 

१८ मंसिर २०७६, बुधबार १८:०८  मा प्रकाशित

Write your Comment