बारा १९ मंसिर
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित औराहामा आजदेखि तेस्रो बारा महोत्सव २०७६ शुरु भएको छ । महोत्सवको आज एक कार्यक्रमकाबिच प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले यस क्षेत्रलाई पर्यकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । ‘खासगरी यो ठाउले धेरै सम्भावना बोकेको छ, यसको प्रवद्र्धन गर्न जरुरी छ’ उहाले भन्नुभयो । प्रदेश नम्बर २ मा विकासको सम्भावना प्रचुर रहेकोभन्दै उहाले विकास निर्माणको काममा अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य किशान श्रेष्ठले सामाजिक कार्यका निम्ति आफु सधै सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले औराहालाई दोश्रो सौराहाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले महोत्सव सफल्ताको शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य सिता गुरु¨, जीतपुरसिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वती देवी चौधरी ज्यु, बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्यहरु दिनेश राई, अच्युत मैनाली, गोपाल ठाकुर, प्रदेश प्रमुखका स्वकिय सचिव पदम बिश्वकर्मा, सह स्वकिय सचिव दिपक कु परियार, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकास राज खनाल, बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष क्षेत्र ब. श्रेष्ठ अनिल, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, औद्योगिक सुरक्षा गुल्म औराहका गुल्मपति राज कु. श्रेष्ठ, नेकपाका नेता राजन पौडेल, मनोज पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
एस फाउण्डेश अफ नेपालका अध्यक्ष बेद प्र. भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।
१९ देखि २९
आजदेखि शुरु भएको महोत्सव मंसिर २९ गतेसम्म चल्नेछ । एस फाउण्डेशन अफ नेपालको आयोजना तथा द लिड ईन्टरटेनमेन्ट एण्ड एड्भरटाईजिङ नेपालसंगको सहकार्यमा हुन लागेको महोत्सवमा एक सयभन्दा बढि स्टल राखिएको छ ।
वडा नम्बर ४ को कार्यालय अगाडी शुरु भएको महोत्सवमा एक दर्जनभन्दा बढि राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने द लिड ईन्टरटेनमेन्ट एण्ड एड्भरटाईजिङ नेपालका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो । ६० लाखको अनुमानित लागतमा हुन लागेको महोत्सव बिभिन्न मनोरञ्जनात्मक खेल सामाग्री राखिएको छ ।
महोत्सवस्थल सिसिटिभिको निगरानीमा
महोत्सवस्थल सिसिटिभि क्यामेराको निगरानी रहने भएको छ । मेलाको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आयोजकले महोत्सवस्थलमा सिसिटिभि क्यामेराको व्यवस्था गरेको हो । महोत्सवस्थलमा सिमराको एम्निटि आईटि सोलुसनले सिसिटिभि क्यामेरा जडान गरेको हो । महोत्सवलाई सफल बनाउन बिभिन्न स्थानमा सिसि क्यामेरा जडान गरिएको सोलुसनका म्यानेजर औरास तिवारीले बताउनुभयो ।
सुरक्षा व्यवस्था कडा
महोत्सवलाई सफल बनाउन ईलाका प्रहरी कार्यालय सिमराले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरी निरिक्षक सुर्य रानाको नेतृत्वमा महोत्सवस्थलमा प्रहरी परिचालन गरिएको छ । कुनैपनि अप्रिय घटना हुन नदिनुका साथै महोत्सव सभ्य रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।