दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निजगढ निर्माणको काम अघि नबढाउन सर्वोच्वको आदेस

२० मंसिर २०७६, शुक्रबार १७:०४ प्रकाशित

काठमाडौं २० मंसिर
निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया रोकिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजालसले बारा स्थित निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम यथास्थितिमा राख्न आदेश जारी गरेसँगै निर्माण प्रकिया अघि बढाउन रोक लागेको हो । पूर्वसचिव द्वारिकानाथ ढुंगेल,अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीको दायार रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले यस्तो आदेश दिएको हो । यो आदेशस सँगै सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेशमाथिको छलफलका लागि झिकाएको छ ।

२० मंसिर २०७६, शुक्रबार १७:०४  मा प्रकाशित

Write your Comment