कलैया उपमहानगर प्रमुख यादबले अनियमितता गरेको भन्दै उपप्रमुख द्वारा तालाबन्दी

१ पुष २०७६, मंगलवार २१:२५ प्रकाशित

बारा १ पौष 

कलैया उपमहानगरपालिकाकि उपप्रमुख रहिमा खातुन सहित ५ जना वडा अध्यक्षले नगर प्रमुख राजेस राय यादवले नगरको बजेटमा अनियमितता गरेको भन्दै नगरपालिकामा तलाबन्दी गरेकाछ्न । उनिहरुले योजना सन्चालन,औसधि खरिदमा,आर्थिक सहयोग बितरणमा र लाम्खुट्टे मार्ने औसधि खरिदमा ब्यापक अनियमितता गरेको आरोप लगाउदै उपमहानगरपालिकाको स्थगित भएको नगर सभाको माइन्युट्मा नगरसभा सदस्यलाइ रु २००० /- रकम दिएर हस्ताक्षर गराएको बिज्ञप्ति मार्फत आरोप लगाएका छ्न । प्रमुख र उपप्रमुख एउटै पार्टी नेपाली काङ्ग्रेसबाट निर्बाचित भएका हुन भने तालाबन्दी गर्ने वडा अध्यक्षहरु बिक्रम यादव नेकपा,हरिॐ साह सोनार काङ्ग्रेस र जटाशन्कर सहनी तत्काली फोरम लोकतान्त्रिकबाट बिजयी भएका हुन । काङ्ग्रेसबाट निर्बाचित प्रमुखको आफनै पार्टीबाट निर्वाचित उपप्रमुखले आनियमितताको आरोप लगाएर तालाबन्दी गर्नुलाइ अर्थपूर्णरुपमा हेरिएको छ । उपप्रमुखले लगाएको आरोप बाट कलैया उपमहानगरपालिकामा ब्यापक भ्रष्टाचारभएको आशन्का गरिएको छ ।

१ पुष २०७६, मंगलवार २१:२५  मा प्रकाशित

Write your Comment