राजधानीमा सरोकारवालाहरुको भेलाको निश्कर्ष :दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल निजगढ आजको आवश्यकता

६ पुष २०७६, आईतवार ०७:५८ प्रकाशित

निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माणका अवरोध र समाधानका उपायका सम्वन्धमा राजधानीमा गहन छलफल भएको छ ! संघिय संसदका चार जना सभापतिहरु लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, कृष्ण दहाल र पार्वती रावल सहित वारा पर्सा र रौतहटका १५ जना प्रतिनिधि सभाका सदस्यहरू, पूर्व मन्त्रीहरु पुर्शोत्तम पौडेल,फर्मुला मन्सुर र उक्त क्षेत्रका संविधान सभाका सदस्यहरू, जीतपुर सिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेल र कोल्हवी नगरपालिका मेयर भरत भण्डारी, अर्थविद तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.शंकर शर्मा, सदस्य डा.गोविन्द वहादुर थापा, डा. सुरेन्द्रराज उप्रेती, जैवीक विविधता तथा वातावरण विज्ञ डा.रिपुमर्दन कुवर, हवाई विज्ञ पूर्व सचिव विरेन्द्र देउजा, सहित यसमा चासो राख्ने स्थानीय सरोकारवाला, कानुन व्यवसायी, वौध्दीक व्यक्तीत्व हरूको सहभागीता रह्यो ! सवैको चिन्ता र चासो निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माणमा किन भाँजो हालीदैछ ? भन्नेमा थियो ! सवैको एकै स्वर थियो सरकारले दरो खुट्टा टेकेर देशको आवस्यकता भैसकेको यो राष्ट्रीय गौरवको ‘ गेम चेन्जर ‘ आयोजना तत्काल सुरू गर्नु पर्दछ !!!

६ पुष २०७६, आईतवार ०७:५८  मा प्रकाशित

Write your Comment