३२ लाख रुपैयाको लागतमा बोरींङ्ग सन्चालन २ करोड रुपैयामा ओभरहेड टयाङकी निर्माणगरी जितपुरसिमरा ६,७ र बिरगञ्ज ३२ का उपभोक्तालाइ स्वच्छ पानी खुवाइने

१२ पुष २०७६, शनिबार १७:१५ प्रकाशित

बारा १२पौष
सिमरा खानेपानि तथा सरसफाई उपभोक्ता समिती,सिमराले जितपुरसिमरा उपमहानगरलिकपाा वडा नम्बर ३ को रामबनमा जडान गरेको नयां बोरींङ्गको एक समाहरोहका बिच उदघाटन गरीएको छ । नेकपाका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रिका पुर्व जन सम्र्पक सल्लाहकार अच्युत मैनालीले स्वीच थिचेर सो बोरींङ्गको उदघाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै मैनालीले पानी नागरीकको जिवनमा अति आवश्यक चिज रहेको र त्यसको पुर्र्ती सिमरा खानेपानीले गरेकोकमा खुसि ब्यक्त गदै आफनो तर्फ बाट पुर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष कासिम हुसेनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका नेता राजन पौडेल,पुर्व गाबिस अध्यक्षहरु देवनारायण चौधरी,भोला अधिकारी,जितपुरसिमरा सर्वजनिक सरोकार समितीका संयोजक मनोज पौडेल,जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष जग्गनाथ घिमिरे,नेपालि कांग्रेसका छबिलाल शर्मा,राजमोका कर्ण थापा,राजपाका राजाराम साह,जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठ,भिमेश्वर बन समितीका अध्यक्ष पेसल मुल्मी,जनजागरणका अध्यक्ष तारा बहादुर कार्की,राधाकृष्ण बनका अध्यक्ष चोला बहादुर पण्डित,वडा सदस्य रुकुमाया कार्कीलगायतले कार्यक्रममा आ अफनो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण निर्जल घिमिरेले र स्वागत निर्मला केसिको रहेको थियो ।
समितीले करीब ३२ लाख रुपैयाको लागतमा बोरींङ्ग सन्चालनमा ल्याएको र २ करोड रुपैयामा ओभरहेड टयाङकी निर्माण गरेर जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६,७ र बिरगञ्ज वडा नम्बर ३२ का उपभोक्तालाइ स्वच्छ पानी खुवाउने योजना रहेको संस्थाका अध्यक्ष कांसिम हुसैनले जानकारी दिनु भयो ।

१२ पुष २०७६, शनिबार १७:१५  मा प्रकाशित

Write your Comment