बारा १९ पौष
नेकपा नेता स्थानिय नेता एवं पूर्व जनप्रतिनीधि शिव बहादुर पौडेलको निधनप्रति दुःख ब्यक्त गर्दै नेपाल कमन्युष्ट पार्टी (नेकपा) जितपुसिरा उपमहानगरपालिका १८ले शोक प्रस्ताव पारित गरेको छ । नेकपाका स्थानिय नेता तथा पूर्व जनप्रतिनीधि ५२ बर्षिय शिव बहादुर पौडेलको निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै नेकपा वडा भेलाले शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्तावसँगै मृतक पौडेलको १३ दिनको पुन्य तिथिका दिन पौष २७ गते विशेष श्रद्धाञ्जलीसभाको आयोजना गर्ने निर्णय समेत भएको नेकपा नेता अध्यक्ष अर्जुन प्रसाद दाहालले जानकारी दिए । पौडेलको १३ दिने तीथिका दिन नेकपाका केन्द्रिय स्तरका नेता सहित श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय भएको छ ,दाहालले भने । तत्कालिन नेकपा एमालेबाट उमेदवारी दिई २०४९ र ०५४ सालको स्थानिय निर्वाचनमा साविक मनहर्वा गाविसको पौडेल २ पटक वडा अध्यक्ष भएका पार्टीका सक्रिय सदस्य समेत हुन् । उनको निधनले सिंगो गाउँ शोकमा परेको छ । समाजले एउटा असल अविभावक गुमाएको छ । उनको सम्मानका पार्टीले सकेको गर्नै पर्छ दाहालले भने ।
पौडेलको ५२ बर्षको उमेरमा मुटुमा समस्या भई उपचारका क्रममा गत मंगलबार विहान निधन भएको हो । आगामी २७ गते आईतबार उनको १३ दिनको पुन्यतीथि पर्दछ ।