संविधानसभा सदस्यलाई राष्ट्रपतिबाट पदक

८ जेष्ठ २०७६, बुधबार ११:४७ प्रकाशित

 

८ जेठ, काठमाडौं ।
सरकारले संविधानसभा सदस्यहरुलाई विभूषित गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले संविधानसभा २०६४ र २०७० का सदस्यहरुलाई विभूषित गर्न लागेकी हुन् ।
गृह मन्त्रालयले संविधानसभाका सदस्यलाई ‘संविधानसभा पदक’बाट राष्ट्रपतिले विभूषित गर्न लागेको जनाएको छ ।
जेठ १६ का लागि कार्यक्रम तय गरिएको जानकारी दिँदै गृहले त्यसमा सहभागी हुन संविधानसभाका सबै सदस्यहरुलाई आग्रह गरेको छ ।
गृहका अनुसार राष्ट्रपति कार्यालय, शीतलनिवासमा हुने कार्यक्रममा सुशोधन समारोहको प्रवेशपत्र पाएकाले मात्र प्रवेश पाउने छन् । प्रवेशपत्र बिना प्रवेश निषेध भएकाले भोलिदेखि जेठ १४ सम्म सुशोधन समारोहको प्रवेशपत्र लिन उसले सबै सभासदहरुलाई आग्रह गरेको छ ।
संविधान निर्माणका लागि ०६४ र ०७० मा २ पटक संविधानसभा निर्वाचन भएको थियो । जुन ६०१ सदस्यीय थियो ।

८ जेष्ठ २०७६, बुधबार ११:४७  मा प्रकाशित

Write your Comment