बारा जिल्लाका प्रथम सहित मुखलाल महतोको ६५ औ स्मृती सभा आज बाराको नरहीमा सम्पन्न /मुखलाल लाई राष्ट्रिय सहिद घोषणा गर्न पूर्वमन्त्री पौडेलको माग

१६ माघ २०७६, बिहीबार २०:३१ प्रकाशित

बारा १६ माघ
बारा जिल्लाका प्रथम सहित मुखलाल महतोको ६५ औ स्मृती सभा आज बाराको नरहीमा सम्पन्न भएको छ २०११ सालका किसान अगुवा महतोको तत्कालीन बडा हाकिमको आदेशमा बाराको नरहीमा हत्या गरिएको थियो उहाँको स्मृति दिवस आज मनाइएको हो । आज नरहीमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् नेकपाका नेता पुरुषोत्तम पौडेलले  मुखलाल महतोलाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाले बारा जिल्लाको किसान आन्दोलन लाई अगाडी वढाउन र शोषित पीडित किसान मजदूरका समस्या पूरा गराउन मुखलाल महतो सहिद भएको उल्लेख गर्दै सबै मिलेर किसानका समस्याहरू पूराउन लाग्नुपर्ने कुरामा जोड दिनुभयो । पूर्वमन्त्री पौडेलले बर्षभरी काम गर्दापनि किसानले एकछाक खानको लागि समस्या भइरहेको जानकारी दिँदै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण तर्फ ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो जबसम्म हरेक किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुर्याएर मनग्य आम्दानी गर्ने वातावरण मिल्दैन तबसम्म समृद्ध नेपाल बन्न नसक्ने ठोकुवा गर्नुभयो ।त्यसैगरी कार्यक्रममा बोल्दै वामपन्थी नेता नन्दन अर्यालले मुखलालको सपना पूरा गर्न सबै मिलेर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभाका सदस्य जयराम दाहाल, प्रदेशसभाका सदस्य सुन्दर बहादुर विश्वकर्मा,पूर्व जिबिस बाराका पूर्वसभापति छठु प्रसाद यादव नेकपाका नेता हरु तपेश्वर चौधरी, गीता कडेल ,सरस्वती चौधरी लगायतले बोल्नुभएको थियो ।

१६ माघ २०७६, बिहीबार २०:३१  मा प्रकाशित

Write your Comment