काठमाडौं
सत्तारुढर्टी नेकपाको केन्द्रीय कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले १८ वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठक ऐतिहासिक रूपमा सम्पन्न भएको नेताहरुले दाबी गरेका छन् पार्टीलाई एकढिक्का बनाएर लैजाने भन्दै उनीहरु उत्साहित समेत भएका छन् नेकपाले नगरेका निर्णयहरु तल उल्लेख गरिएको छ ।
नेकपाकाले गरेका१८ महत्वपूर्ण निर्णय
1. राजनीतिक र साङ्गठनिक प्रतिवेदन परिमार्जन गर्ने गरी पारित ।
2. विधान सम्शोधन नेकपाका१८प्रस्ताव पारित ।
3. आगामी दिनमा विधान बमोजिम पार्टी बैठक गरिने ।
4 क. वामदेव गौतम उपाध्यक्षमा चयन ।
5. 15 दिनभित्र पार्टी एकताका बाकी काम सक्ने ।
6. तीन सदस्यीय एमसिसि अध्ययन कार्यदल गठन ।
7. पार्टी र सरकारबीच समन्वय गर्न सन्यन्त्र गठन गर्ने ।
8. सदस्यता शुल्क कम गर्ने ।
9. साम्सद लेवी 12 हजार गर्ने ।
10. पार्टी कार्यक्रममा अध्यक्षका फोटा नराख्ने तर मार्क्स, एंगेल्स र लेनिनका राख्ने ।
11. आचार सम्हिता परिमार्जन गर्ने ।
12. एक व्यक्ति एक मुख्य जिम्मेवारीको व्यवस्था गर्ने ।
13. नेताहरूको सम्पत्ति विवरण लिन र छानविन गर्न अनुशासन आयोगलाई जिम्मा दिने ।
14. अधिवेशनबाट पार्टी बहुपदीयमा जाने ।
15. देशको नयाँ नक्सा निकाल्न सरकारलाई निर्देशन दिने ।
16. तीन महिने विशेष अभियान सन्चालन गर्ने ।
17. बल्खुमा पार्टी कार्यालय निर्माण गर्ने ।
18. 11 बुँदे समसामयिक प्रस्ताव पारित ।