पेट्रोल,डिजल र मट्टितेलमा मुल्य घट्यो : खाना पकाउने ग्याँसको बढ्यो

२० माघ २०७६, सोमबार २०:१४ प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले खरीबोटलाई जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने काठमाडौँमा प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ ।

२० माघ २०७६, सोमबार २०:१४  मा प्रकाशित

Write your Comment