पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको पनि उपचारको क्रममा मृत्यु (अपडेट)

२७ माघ २०७६, सोमबार १४:१७ प्रकाशित

काठमाडाैं, २७ माघ ।   आफ्‍नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ ।

ललितपुर उपमहानगरपालिका-२ सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।

घटनास्थलमा पुगेको प्रहरीले उनको उद्धार गरी स्टार अस्पताल पुर्‍याएको थियो। यस्तै कार्कीको घरमा काम गर्ने कामदार पनि मृत अवस्थामा फेला परेका थिए ।

दाङ स्थायी घर भएका २३ वर्षका विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। अस्पताल प्रशासनले जानकारी दिए अनुसार श्रीमती कार्कीको टाउकोमा धेरै गम्भीर चोट लागेको छ भने घाँटी र हातमा पनि निलडामको घेरा दखिएको छ ।

प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

२७ माघ २०७६, सोमबार १४:१७  मा प्रकाशित

Write your Comment