बन्दका कारण जनजिबन प्रभाबित सवारी साधनमा आगजनि

१३ जेष्ठ २०७६, सोमबार ११:४६ प्रकाशित

काठमाडौं, १३ जेठ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आह्वान गरिएको नेपाल बन्दको असर राजधानी सहितका जिल्लाहरूमा परेको छ ।
नेकपाले हिंसा मच्चाएपछि त्रासले सर्वसाधारणले सवारी साधन चलाएका छैनन । स्कुलहरू पनि सञ्चालन भएका छैनन । बन्दलाई ध्यानमा राखेर सुरक्षाकर्मीहरू सडक, चोकमा बाक्लै उपस्थित रहेका छन ।
उपत्यकासहित देशभरका सडकमा सोमबार सार्वजनिक गाडी कम चलेका छन् । लामो तथा छोटो दुरीका गाडी कम मात्रै चल्दा गन्तव्यमा पुग्नुपर्नेहरू समस्यामा परेका छन् ।
यसै बिच बाराका सस्थागत बिधालयहरुमा बिदा दिइएको छ । बिर्धार्थी बोक्ने बस चलाउन समस्या हुने भएपछि बिदा दिइएको हो । बाराको सिमरामा पेट्रोलियम पाइपलाइनको पाइप बोकेको ट्रकमा गएराति अज्ञात समुहले आगजनि गरेको छ । यसैगरी मकवानपुरमा पनि सबारी साधनमा आगजनि गरेका छन । बारा तथा पर्सामा सबारी साधन निर्वाधरुपमा चलेका छन ।
बन्दका कारण काठमाडौंभित्र चल्ने छोटो दुरीका सार्वजनिक गाडी कम चलेको प्रहरीले जनाएको छ ।

१३ जेष्ठ २०७६, सोमबार ११:४६  मा प्रकाशित

Write your Comment