पूर्व सभामुख महरालाई जिल्ला अदालतले दियो सफाई

५ फाल्गुन २०७६, सोमबार १६:३४ प्रकाशित

काठमाडौं ५फागुन 
पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाई दिएको छ ।
लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाउदै अभियोगमा दाबी नपुग्ने ठहर गरेको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भन्नुभयो, ‘अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ ।’
दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर बलात्कार प्रयास गरेको अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसला गरेपछि रिहा हुनुहुनेछ ।

५ फाल्गुन २०७६, सोमबार १६:३४  मा प्रकाशित

Write your Comment