नेकपा कार्यदलको प्रतिवेदनको निष्कर्ष : एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत सुझाव

९ फाल्गुन २०७६, शुक्रबार २०:१२ प्रकाशित

काठमाडौं ९ फागुन्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।
कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।
कार्यदलले एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिएको संयोजक झलनाथ खनालले जानकारी दिनुभयो
अमेरिकाले भने संशोधनका लागि समय घर्किसकेको बताइसकेको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ मा सकिएको नेकपा केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य थिए ।

९ फाल्गुन २०७६, शुक्रबार २०:१२  मा प्रकाशित

Write your Comment