बारा१० फागुन
कलैया उपमहानगरपालिका २४ श्रीपुर निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानिय नेता, सामाजिक अगुवा एवं पूूर्व जनप्रतिनीधि महजर महराको तेरौं पुन्यतिथीका अवसरमा श्रद्धाञ्जली कार्यक्रम शनिवार सम्पन्न भएको छ । गत माघ २६ गते ७२ बर्षको उमेरमा निधन भएका महजरको पार्टी वडा कमिटीको अगुवाईमा मृतक महरा निवास श्रीपुर पूर्व खेलकुद मन्त्री पुरुषोत्तम् पौडेल प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्री पुरुषोत्तम् पौडेलले जातिय उत्पीडनका विरुद्धमा महराले खेल्नु भएको भुमिकाको खुलेर प्रसंशा गर्नु भयो । महराले आफ्नो जीवनकालमा पार्टी र समाजका निमित्त गरेको योगदान भुल्न नहुने पौडेलले बताउनु भयो ।
स्वर्गीय महरा २०४६ बाट तत्कालिन नेकपा एमालेको संगठित सदस्य हुँदै २०४९ सालमा साविक मनहर्वा गाविसको वडा नं.५को वडा सदस्य निर्वाचित भएका थिए । त्यस्तै नेपाल जातिय मुक्ति समाजका वडा अध्यक्षका रुपमा कार्यरत थिए । महराले आफ्नो टोल समाजका ५० बढी दलित परिवारलाई समेटेर भकारी बचत कार्यक्रमको समेत अगुवाई गरेका थिए । दतिलहरुको हक हितमा संधैं लागि परिरहेने महराको आर्थीक जिवन भने निकै कमजोर थियो । मृत्यु हुनु केही दिन पहिला भैंसिलाई घाँस हाल्ने क्रममा लडेर दाईने हात भाँचिएको थियो । हातको उपचारका क्रममा अचानक ज्वरो आई उनको निधन भएको स्थानिय सामाजिक अगुवा एवं नेकपा नेता हरिलाल चौधरीले बताए ।
कर्यक्रममा नेकपा युवा नेता ध्रुव यादव, जितपुरसिमरा उपमहानगरपालिका १८ का वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल, तराइृ यातायात संघ सिमराका कोषाध्यक्ष एवं नेकपा नेता नाराएण प्रसाद घिमिरे, कलैया उपमहानगरपालिका १६ का नेकपा नेता विक्रम राम, पुनदेव तुरहा , प्रेमलाल यादव लगायतकाले मन्ब्य राखेका थिए ।
कार्यक्रम तत्कालिन नेकपा एमाले मनहर्वा वडा कमिटी सदस्य हिराला चौधरीको अध्यक्षता एवं स्थानिय नेकपा संवद्ध यूवा रुपेश थापाको संचालनमा सम्पन्न भएको हो ।