वन र वातावरण संरक्षणमा लाग्न प्रदेश सभा सदस्य बिकको आग्रह

१२ फाल्गुन २०७६, सोमबार १२:२८ प्रकाशित

बारा १२ फागुन
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा रहेको राधाकृष्ण सामुदायिक वन समूहमा नवनिर्वाचित कार्य समितिको परिचयात्मक भेला सिमरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभाका सदस्य सुन्दर बि क रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकले नवनिर्वाचित समितिलाई बधाई दिनुभयो उहाँले वन समूहले वन संरक्षण, सिमसार संरक्षण, प्रदूषण नियन्त्रण र उपभोक्ताको हितमा काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, नेकपाका नेताहरु हरी चौलागाईं,मनोज पौडेल,वडा नं २ का अध्यक्ष तिलक श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्की,वन समूहका पूर्व अध्यक्षहरु मधुसुधन सिटौला, नविन्द्र बहादुर थापा, सल्लाहकार समितिका भोला प्रसाद अधिकारी लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । बन समूहका अध्यक्ष सत्य प्रसाद श्रेष्ठको सभापतित्व र सचित लेखनाथ खतिवडाको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु धनबहादुर श्रेष्ठ, रामचन्द्र अधिकारी चिनिमाया परियार रबिन्द्र खकुरेल, भरत भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।

१२ फाल्गुन २०७६, सोमबार १२:२८  मा प्रकाशित

Write your Comment