बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा रहेको जगदम्बा प्रालिले आवास निर्माणका लागि खरीद गरेको दुई बिघा जग्गामा ग्याँस र एसिड राख्न लागेपछि स्थानीय आक्रोशित भई सो कार्य रोकेका छन् । सो जग्गा जगदम्बाको आवास गृह निर्माणका लागि खरिद गरिएको थियो यसअघि उद्योगले वडा कार्यालय र स्थानीयसँग आवास गृह निर्माण गर्ने भन्दै कम्पाउन्ड वाल लगाएको थियो सो सहमतिको ठाडो उल्लंघन गर्दै उद्योगले ज्ञास एसिड प्लान्ट स्थापना गरेपछि स्थानीयहरु आक्रोशित भएका हुन् सो निर्माणकार्यको वडा नं २ का अध्यक्ष श्रेष्ठ र जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल सञ्चारकर्मी र स्थानीय सहितको टोलीले निर्माणकार्य रोक्न लगाएको छ । यसअघि स्थानीयको विरोधका बाबजुत उद्योगले एसियाकै सबैभन्दा ठुलो जस्ता प्लान्ट स्थापना गरेको छ । त्यसको विरोधमा स्थानीयले वडा कार्यालय ,जितपुर सिमरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, बारा र उद्योग मन्त्रालयमा समेत निर्माण कार्य रोक्न ज्ञापनपत्र बुझाएका थिए सो को कूनै सुनुवाइ नभएको स्थानीयले बताएका छन् । जगदम्बाको प्रदूषणका कारण स्थानीय आतंकित बन्दै आएका छन् उद्योगले अत्यधिक प्रदूषण गर्ने गरेको स्थानीयको भनाइ छ ।