बारा २७ फागुन
लागू औषध कारोबारीले ओसारपसारका लागि नयाँ विधि अपनाएको खुलासा भएको छ। प्रेस लेखेको मोटरसाइकलबाट ९ सय थान लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराले प्रेस लेखेको मोटरसाइकलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिरगञ्ज महानगरपालिका–१५ बस्ने ३० वर्षीय जीतेन्द्र कुमार सिहं र भारत बिहार बस्ने २२ वर्षीय नासिर आलम रहेका छन् । प्रहरीले उनिहरुबाट ३ सय थान डाईजोपाम, ३ सय थान पिस–नुफिन र ३ सय थान फेनारगन बरामत गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीको कमाण्डमा चेकजाँचको क्रममा खटिएको टोलीले शंकाको आधारमा सिमरा नेपाल विद्युत प्राधिकरण अगाडी गल्लीबाटो हुँदै लगीरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका सिहंले ना ६२ प ६२६७ नम्बरको प्रेस लेखेको मोटरसाईकलमा लागूऔषध विरगञ्जबाट पथलैयातिर लगिरहेको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई कानुन बमोजीम कारवाहि गरिने प्रहरीले जनाएको