ललिता निवास प्रकरणमा मालपोत अधिकृत पौडेललाई थुनामा पठाउने आदेश

३ चैत्र २०७६, सोमबार २१:५२ प्रकाशित

काठमाडौँ, ३ चैत

विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा व्यक्तिको नाममा बनाउने मुद्दाको आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।
न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले आज थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो ।
विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा अधिकृत पौडेललाई ललिता निवासको जग्गा भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने पौडेल पहिलो व्यक्ति भएको र अनुसन्धानका लागि थुनामा पठाउने आदेश भएको जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धानले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

३ चैत्र २०७६, सोमबार २१:५२  मा प्रकाशित

Write your Comment