बाराका सडक निर्माणको काम अगाडि बढाउन अर्थमन्त्रालयको सहमती

१० चैत्र २०७६, सोमबार १४:३६ प्रकाशित

बारा १० चैत्र
बारा जिल्लाका विभिन्न सडकहरूको काम यसै वर्षबाट सुरु हुने भएको छ । ती सडकको ठेक्का अगाडि बढाएर समयमै सम्पन्न गर्न अर्थमन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहमति दिएको नेकपाका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिनुभएको  । अर्थमन्त्रालयले काम अगाडि बढाउन सहमति दिएका सडकहरुमा :
१ .हिरालाल मार्ग निजगढको काम पुरा गर्न ठेक्का लाग्ने
२.सिमरा कोल्हवी सडक (बडहरवा देखि बसाहा सम्म ) पिच हुने !३.भोडाहा-खमुवा-वकुलहर-कलैया सडकले यसै वर्ष काम सकिने ।४.कचोरवा-वसवरीया सडक वारा, काम अगाडि बढ्ने । ५.जानकीटोला-सेडवा वागमोर्चा पर्सा जिल्लाको सडकको कामहरु अगाडि बढ्नेे भएको छ । केही दिनअगाडि प्रदेश नं २ को निरीक्षणमा आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तपुरमा नेम्वाङलाई बाराको सिमरामा भेटगरीने बाराका नेताहरुले बार तथा पर्साका पुल तथा सडकहरूको काम अगाडि बढाउनको लागि आग्रह गरेका थिए सोहीअनुसार मन्त्री नेम्वाङले काम अगाडि बढाउनु भएकाे हो । अर्थमन्त्रालयले सोको जानकारीी दिएको पूर्व मन्त्री पौडेललेे बताउनुभयो ।

१० चैत्र २०७६, सोमबार १४:३६  मा प्रकाशित

Write your Comment