काठमाडौं २ बैशाख
देश संकटमा परेको बेलामा सच्चा नागरीकले निभाउनु पर्ने जिम्मेवारी समेत बिर्सेर धेरै पैसा कमाउने लोभमा थर्मल गन कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा स्टिल सिमराका संचालक सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप लागेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो । त्यसमा जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ । पाँच हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई काठमाडौंको नक्शालबाट पक्राउ गरेको थियो ।