देवतालका प्रमुख प्रशासकीय अधिकृत यादवद्वारा २५ हजार सहयोग

५ बैशाख २०७७, शुक्रबार १३:४१ प्रकाशित

बारा ५ चैत्र
बाराको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिबकुमार यादवले स्थानीय तह प्रकोप ब्यावस्थापन कोषमा आफ्नो व्यक्तिगत तर्फबाट रु २५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ । उहाँले २५ हजारको चेक देवताल गाउँपालिकाका अध्यक्ष चन्दन कुमार सिंहलाई आज एक समारोहका बीच हस्तान्तरण गर्नुभएको हो । यस अघिनै उहाँले नेपाल सरकारले तोके बमोजिम राहत सहयोग आफ्नो तलबबाट बुझाई सक्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत यादवले हस्तान्तरण गरेको रकम आजै देवताल गाउँपालिका द्वारा सञ्चालन गरिएको स्थानीय तह प्रकोप ब्यावस्थापन कोषमा जम्मा गरिएको छ । चेक हस्तान्तरण गर्दै आफूले व्यक्तिगत रुपमा रकम सहयोग गर्न पाएकोमा खुसी लागेको बताउनुभयो ।जस्तोसुकै परिस्थितिमा पनि सहयोगको लागि तयार रहेको उहाँको भनाइ थियो ।
चेक ग्रहण पछि खुशी व्यक्त गर्दै यस्तो खालको सहयोगले सहयोगी दाताहरुलाई सहयोग गर्ने हौसला पैदा गर्ने देबताल गाउँपालिकाका अध्यक्ष चन्दन कुमार सिंहले बताउनुभयो ।

५ बैशाख २०७७, शुक्रबार १३:४१  मा प्रकाशित

Write your Comment