कालोबजारी गरेको आरोपमा पक्राउ परेका जगदम्भा स्टीलका संन्चालक अग्रवाल थप १० दिन थुनामा

७ बैशाख २०७७, आईतवार १७:४९ प्रकाशित

काठमाडौं ७ बैशाख
कालोबजारी गरेको आरोपमा पक्राउ परेका संकरग्रुपका उपाध्यक्ष तथा जगदम्भा स्टील सिमराका संन्चालक सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा शुलभ गत चैत २५ गते पक्राउ परेका थिए । कालोबजारी गरेको कसूरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो
अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप १० दिनको अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै प्रहरीले काठमाडौंको नक्शालबाट अग्रवाललाई पक्राउ गरेको थियो ।अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप दिनको अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै प्रहरीले काठमाडौंका नक्शालबाट अग्रवाललाई पक्राउ गरेको थियो ।

७ बैशाख २०७७, आईतवार १७:४९  मा प्रकाशित

Write your Comment