जितपुरसिमरा उधोग बाणिज्य संघले जारी गरेको मूल्यसुचि प्रति सरोकार समितिको आपत्ति

१४ बैशाख २०७७, आईतवार १४:०४ प्रकाशित

बारा १४ बैशाख

जितपुर सिमरा नगर उद्योग वाणिज्य संघ ले जारी गरेको किराना तथा खाध्य सामानकाे मूल्य सूची प्रति जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले आपत्ति जनाएको छ । आज बसेको सरोकार समितिको भिडियो कन्फरेन्स बैठकले सो मूल्य सूची प्रति आपत्ति जनाउदै फिर्ता लिन आग्रह गरेको हो । सरकारले तोकेको भुल्य र चलन चल्तीको मूल्य भन्दा धेरै महँगो सुचि जारी गरेकोले सो सुचिले कालोबजारीलाई प्रोत्साहन गरेको भन्दै नगर उद्योग वाणिज्य संघले जारी गरेको मुल्यसुचि तत्काल फिर्ता लिन आग्रह समेत गरेको छ । सरोकार समितिले थोक मुल्य प्रति किलो रू ७५/५० पर्ने चिनी रु ८५ /-तय गरेको,प्रति किलो रू ४२/-मुल्य  पर्ने पुरानो सोना चामल रु ४६/६६- तय गरेको,दाल,चामल खाद्य तथा किराना सामानमा अत्याधिक मुल्य तय गरेर कालोबजारी लाई प्रोत्साहन दिएकोले जारी गरीएको मुल्यसुचि तत्काल फिर्ता लिन सरोकार समितिको बैठकले आग्रह गरेको संयोजक मनोज पौडेलले जानकारी दिनुभयो । सरकारले जारी गरेको मूल्य सूचीलाई नै कार्यान्वन गराउनको लागि प्रशासन र स्थानीय सरकारलाई सरोकार समितिका संयोजक पौडेलले आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरसबाट पिडित जनतालाई संघले जारी गरेको मुल्य सूचीले थप पिडित बनाएकोले तत्काल छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन सम्बन्धीत निकाय सँग माग गरिएको जनाउनुभएको छ  । सरोकार समितिका संयोजक मनोज पौडेल अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा,कर्ण थापा, नारायण घिमिरे,राजु राज गिरी, रमेस सापकोटा,पेसल मुल्मी, बिदुर खडका लगायतको सहभागिता रहेको थियो ।

१४ बैशाख २०७७, आईतवार १४:०४  मा प्रकाशित

Write your Comment