बारामा दुई र पर्सामा एक गरी तिन जनामा कोरोना संक्रमण देखियो/नेपालमा सङ्क्रमितको सङ्ख्या ५७ पुग्यो /

१७ बैशाख २०७७, बुधबार १२:५६ प्रकाशित

वीरगञ्ज १६ बैशाख:
बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराको जितपुरसिमरा उपमहानगरपालीका वडा नम्बर७ र १९ का एक,एक जना गरी दुई दुई र पर्सा बिरगंजका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्।

१७ बैशाख २०७७, बुधबार १२:५६  मा प्रकाशित

Write your Comment