जितपुरसिमरामा सरकारले तोकेको मापदण्ड विपरीत उद्योग सञ्चालनमा प्रतिबाद गर्ने चेतावनी

२९ बैशाख २०७७, सोमबार १८:२७ प्रकाशित

बारा २९ बैशाख
जितपुरसिमरा उपमहानगरपालिकामा अवस्थित जगदम्बा स्टिल्सले स्थानियवासीको निरन्तर बिरोधका बाबजुद पनि सरकारले तोकेको मापदण्ड बिपरित गएर लकडाउनको बेला कम्पनि सॅचालन गरेको छ ।
कम्पनि प्रशासन, स्थानिय सरकार, सुरक्षा निकाय , विभिन्न राजनितिक दलका प्रतिनिधि तथा स्थानिय बासिन्दाहरू बिच भएको सहमतिको ठाडो उल्लंघन गर्दै कोरोनाको कहरका समयमा उचित स्वास्थ्य सुरक्षा जाँच प्रणाली नअपनाइ कम्पनि सॅचालन गरेको पाइएको हो।
सरकारले तोकेको सुरक्षा प्रणाली नअपनाइ कम्पनि सॅचालन गर्दा सिमरा क्षेत्रमा जोखिम बढेको कम्पनि अवस्थित (दुर्गानगर ) टोलसुधार समितिका अध्यक्ष बसन्त ढकाल को भनाइ छ ।
प्रदुषण रोकथामका विषयमा पनि बारम्बार वार्ता गरि समझदारी गर्ने तर कार्यान्यवन नगर्ने जगदम्बा स्टिल्सले अति संवेदनशिल स्वास्थ सॅग जोडिएको यो बिकराल भयाभह अवस्थामा पनि हेल चेक्र्याइ गर्नु चिन्ताको बिषय रहेको भन्दै स्थानिय युवा मनिष प्याकुरेलले आक्रोश जाहेर गरेका छन् ।
स्मरणिय रहोस यो क्षेत्र कोरोनाको उच्व जोखिममा रहेको छ । अति जोखिम क्षेत्र पर्सा बाट पनि मजदुरहरुको आवतजावत रहने गरेको छ यस कम्पनिमा सरकारले तोकेको सुरक्षा प्रणाली र मापदण्ड पुरा गरेर कम्पनी सॅचालन गरे आफुहरुलाई कुनै आपत्ति नरहेको दुर्गानगर टोल समितिका सदस्य लेख बहादुर श्रेष्ठको भनाइ रहेको छ ।
जनस्वास्थ्य माथि गम्भिर खेलबाड हुन नदिन र यो विषयमा सरकारको तुरुन्त ध्यानाकर्षण होस् अन्यथा कडा प्रतिकारमा उत्र्ने स्थानिय ईश्वर थपलियाले चेतावनी दिनुभयो ।
त्यसैगरी सिमरामारहेको हुलास स्टिल र सूर्य नेपाल पनि सरकारले तोकेको मापदण्ड विपरित संचालनमा आएको छ । यसले त्रास बढाएको स्थानीयले बताएका छन् ।
जीतपुरसिमरा भित्र दुईजनामा संक्रमण देखिएको अवस्थामा सरकारले तोकेको मापदण्ड विपरीत उद्योग सञ्चालनमा आएको स्थानीयले गुनासो गरेको जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बताउनुभयो । सरकारी मापदण्ड विपरित कुनैपनि उद्योगलाई सञ्चालन हुन नदिने र जबरजस्ती सञ्चालन गरिए सरोकार समितिले प्रतिवाद गर्ने उहाँले चेतावनी दिनुभयो । देश अहिले कोरोनाभाइरसका कारण आक्रान्त छ करिब ४९ दिनसम्म नागरिक लकडाउनको अवस्थामा घरमा बसेका छन् । बढदो जोखिमको अवस्थामा पनि मापदण्डविपरीत उद्योग सञ्चालन गरे हामी प्रतिबाद गर्छौ । त्यसका लागि तत्काल सरोकार समितिको बैठक बसि आधिकारिक निर्णय गरिने संयोजक पौडेलले जानकारी दिनुभयो ।
जगदम्बा स्टिलको  गेटमा लामबद्ध ट्रक हरु

२९ बैशाख २०७७, सोमबार १८:२७  मा प्रकाशित

Write your Comment