लक डाउनलाई व्यवस्थित गर्न र मापदण्ड विपरित चलेका उद्योगलाई बन्द गर्न प्रदेशसभा सदस्यहरुको जोड

३० बैशाख २०७७, मंगलवार १९:०३ प्रकाशित

बारा ३० बैशाख
बाराका प्रदेश सभा सदस्यहरुले आज भिडियो कन्फ्रेन्स बाट बैठकको आयोजना गरेका छन । नेकपा संसदीय दलका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्माको समन्वयमा सम्पन्न बैठकले लक डाउनलाई थप व्यवस्थित गर्नुपर्ने,राहतलाई आधारभूत तहसम्म पुर्याउन पहल गर्ने र सरकारले तोकेको मापदण्ड विपरित सञ्चालन गरीएका उद्योगहरुबाट जोखिम निम्तिने भएकोले तत्काल बन्द गर्नुपर्ने निर्णय गरेकाे छ । बैठकमा प्रदेशसभा सदस्य ज्वाला साह,शोभा लामा,पारस साह,सिता गुरुङलगायतको सहभागिता रहेको थियो ।

३० बैशाख २०७७, मंगलवार १९:०३  मा प्रकाशित

Write your Comment