नारायणी अस्पतालको आइसोलेनमा रहेका दुई जना संक्रमित फरार

३१ बैशाख २०७७, बुधबार १६:५९ प्रकाशित

बिरगंज ३१ बैशाख

कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेटर फोडेर भागेका हुन्।  उनीहरु मंगलबार भर्ना भएका थिए।

भाग्ने दुईजना राजनाथ यादव र जफर हवारी  रहेको स्रोतले बताएको छ ।

डा उपाध्यायका अनुसार उनीहरू महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्।

अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्।

संक्रमित भागेपछि खोजी कार्य भइरहेको बताइएको छ।

३१ बैशाख २०७७, बुधबार १६:५९  मा प्रकाशित

Write your Comment