बिदेशमा रोजगारी गुमेकालाई सरकारले राजेगारी दिने, १० वर्षमा कृषि उत्पादन दोब्बर बनाइने

२ जेष्ठ २०७७, शुक्रबार १७:५१ प्रकाशित

काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगार गुमाएकालाई नेपाल सरकारले स्वदेशमै राजेगारी दिने बताउनु भएको छ ।

उहाले शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०७७ /७८ का लागि सरकारकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताउनुभएको हो । त्यस्तै, सरकारले कोरोनाभाइरसको कारण देशमै रोजगार गुमाएकालाई पनि रोजगारी प्रदान गर्ने भएको छ ।

त्यस्तै, सरकारले आगामी १० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने घोषणा गरेको छ । उत्पादन बढाउनका लागि सरकारले ठूलो लगानी गर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

२ जेष्ठ २०७७, शुक्रबार १७:५१  मा प्रकाशित

Write your Comment