नेकपाद्वारा कोरोना रोकथाम र नियन्त्रणमा लाग्न प्रदेश नम्बर २को सरकारलाई गम्भीर ध्यानाकर्षण

४ जेष्ठ २०७७, आईतवार १६:३५ प्रकाशित

बारा ४ जेठ
नेकपा प्रदेश नम्बर २ संसदीय दलका नेता सत्यनारायण मन्डलले कोरोना भाइरस नियन्त्रणमा प्रदेश सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै नेता मण्डलले विश्व व्यापी माहामारी कोविड 19 कोरोना सम्क्रमण हाम्रो देसमा दिन प्रतिदिन बढी रहेको छ। प्रदेश न.२ अन्य प्रदेशको तुलनामा बढि प्रभावित र अत्यन्तै जोखिममा रहेको छ।
प्रदेशको अवस्थालाई मध्यनजर राख्दै कोरोना रोकथाम,नियन्त्रण,र उपचार र व्यवस्थापनमा विशेष योजनाका साथ लाग्नु पर्नेमा प्रदेश सरकार गम्भीर भएको देखिदैन । निर्णय र प्रचा्रमा धेरै कुरा गरे पनि सरकारको तैयारी र् कार्यन्वयनको पक्ष अत्यन्तै फितलो रहेको छ बिज्ञप्ति मा भनिएको छ ।
हाल सम्म प्रदेशमा १०७ जना संक्रमित देखिएका छ्न। कोरोना नियन्त्रणको नाममा हालसम्म प्रदेश सरकारले विभिन्न शिर्षकमा २ अर्ब भन्दा् बढी रकम निकशा गरेता पनि त्यसको उपलब्धि देखिदैन ।
हाम्रो पार्टी नेकपा संसदीय दलले संयुक्त बैठकहरुमा पटक पटक आफ्नो विचार र सुझाव राख्दै आएको नेकपा प्रदेश नम्बर २ का इन्चार्ज समेत रहनुभएका मण्डलद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ । बिज्ञप्ति मार्फत कोरोना नियन्त्रण,रोकथाम र उपचारमा पूर्णरूपमा लाग्न पुन: प्रदेश सरकारलाई गम्भीर ध्यानाकर्षण गराइएको छ ।
१.प्रदेश २मा कोरोना संक्रमण लाई ध्यन दिदै प्रत्येक जिल्लामा कोरोना विषेश अस्पताल निर्माण गरियोस् ।
२.सबै जिल्ला सदरमुकाम र उप महानगर पालिकाहरुमा कोरोना जाच केन्द्र को ब्यवस्था गरियोस् ।
३.स्थानीय पालिकाहरुको समन्वयमा आवस्यक आइसोलेसन क्वारेन्टाइनको ब्यवस्था गरियोस् ।
४.प्रदेशको सबै जिल्ला भारतीय सिमा सङ जोडिएको ले निगरानी सहित फर्किन सक्ने नागरिकका लगि क्वारेन्टाइन को ब्यवस्था गरियोस् ।
५.लकडाउनलाई कडाइ गर्दै मापदण्ड बिपरित सन्चालन गर्ने उध्योगलाइ कार्यवाही गरियोस् ।
६. प्रदेश सरकार बाट प्रदान गरिएको राहत आधा अधुरो भएको ले वडाहरुको तथ्यांक अनुसार दिने ब्यवस्था गरियोस् ।
७.अत्यावश्यक कार्यमा खट्ने स्वास्थकर्मी, सुरक्षा निकाय, कर्मचारी , पत्रकार सबैलाई सुरक्षा सामाग्री दिने ब्यवस्था गरियोस् ।
८. कृषिका लागी सिचाइ , बिउ बिजन र विशेष राहत प्याकेज को घोषणा गरियोस् ।
अन्त्यमा ,यस् बिपदको समयमा खटिरह्नु भएका सबैमा धन्यवाद व्यक्त गर्दछ ।

४ जेष्ठ २०७७, आईतवार १६:३५  मा प्रकाशित

Write your Comment