एकै पटक ३२ जनामा कोरोना संकमण पुष्टि/नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो ।

१० जेष्ठ २०७७, शनिबार ०९:२९ प्रकाशित

काठमाडौं १०जेठ
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको छ । केहीबेर अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्राप्त वितरण अनुसार संक्रमण देखिने सर्लाही जिल्लाको गोडैला कबिलासी नगरपालिकाका१३ जना पुरुष रहेका छन । त्यसैगरी कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिकाका ७जना पुरुष र १ जना महिलाका रहेका छन । त्यसैगरी रुपन्देही जिल्लाको गैडहवा गाउँ पालिकाका ८जना पुरुषमा,बारा करैयामाइ गाउँ पालिकाकाका १ जना महिला र भरतपुर महानगरपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

१० जेष्ठ २०७७, शनिबार ०९:२९  मा प्रकाशित

Write your Comment