क्वारेन्टाइनमा चिया र बिस्कुट खाएर ढलेका युवाको मृत्यु

१७ जेष्ठ २०७७, शनिबार ११:०८ प्रकाशित

दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ ।

दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गर्नु भएको छ ।

‘सात गते उनी भारतबाट आएका थिए । भारतदेखि आएका कारण उनी सहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेका थियौं,’ दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले भन्नु भयो, ‘विहान चिया र विस्कुट खानु भएको थियो । त्यहि ढल्नु भएको हो ।’

उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने भनिएको नगरप्रमुख भण्डारीको भनाइ छ ।

१७ जेष्ठ २०७७, शनिबार ११:०८  मा प्रकाशित

Write your Comment