थप २१३ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८पुग्यो ।

२५ जेष्ठ २०७७, आईतवार १७:१४ प्रकाशित

काठमाडौं 

आइतबार २ सय १३ जना कोरोना संक्रमति थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय ९ जना पुरूष र ४ जना महिला संक्रमित थपिएको बताएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । यीमध्ये ४ सय ६७ जना निको भएर घर फर्किइसकेका छन् । यसरी निको हुनेमा ३ सय ९९ पुरूष छन् भने ६८ जना महिला छन् ।

२५ जेष्ठ २०७७, आईतवार १७:१४  मा प्रकाशित

Write your Comment