वीरगञ्ज २६ जेठ :
प्रदेश–२ को तीन जिल्लामा आज (सोमबार) विहानै थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा,बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो । पर्साका एक महिला र सात पुरूष गरी आठ जनामा संक्रमण पुष्टि भएको उहाले बताउनुभयो ।संक्रमण पुष्टि भएका जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् । उनिहरु दुइसाता अघि भारतबाट आएका थिए । त्यस्तै बाराका दुई महिला र पाँच पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै रौतहटका चार जना परूषमा पनि संक्रमण पुष्टि भएको छ । बारामा संटमण पुष्टि भएका सुवर्ण गाउँपालिकाका ३ वर्षीय बालिकादेखि ३० वर्षसम्मका सात जना संक्रमित रहेको उपाध्यायले बताउनुभयो। यस्तै रौतहटको गढीमाई नगरपालिका–३ का १७ , १८ र ४३ वर्षका र अर्का एक जना पुरुषमा संक्रमण पुष्टि रहेको उनले बताउनुभयो।