बाराको सिमरामा सडक ढलानको सिलन्यास

२७ जेष्ठ २०७७, मंगलवार १४:१२ प्रकाशित

बारा २७ जेठ
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित शान्ति नगर टाेलकाे भित्री बस्तीको सडक ढलान कार्यकाे आज एक कार्यक्रमका बीच प्रदेश सभाका सदस्य सुन्दर बि कले उद्घाटन गर्नुभएको छ । प्रदेश सभा सदस्य सीता गुरूङको पूर्वाधार बिकास कार्यक्रम अन्तर्गतकाे करिब १९ लाख बिनियाेजित बजेटबाट उक्त सडक निर्माण हुन लागेको हो । सो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश राई,नेकपा बारा अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, नेकपाकानेताहरु मनोज पौडेल,भोला अधिकारी,वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर श्रेष्ठ,कार्यपालिका सदस्य शोभा कार्की,महिला नेत्री सरीता सुब्बा,वडा सदस्य रामचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।उपभोक्ता समितिका  इन्द्र दुलालको सभापतित्वमा र राम पोखरेलको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

२७ जेष्ठ २०७७, मंगलवार १४:१२  मा प्रकाशित

Write your Comment