नेकपा स्थायी कमीटीको बैठक बालुवाटारमा

१० असार २०७७, बुधबार १३:२१ प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू बेग्लै स्थानमा बसेका छन्। ओली-प्रचण्डसहित सचिवालय सदस्यहरू माथिल्लो ड्यासमा बसेका राखिएको छ भने बाँकी स्थायी कमिटी सदस्यहरुलाई तल राखिएको छ।
बुधबार बिहान ११ बजेदेखि स्थायी कमिटी बैठक जारी छ।बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयले धारणा राखिरहनु भएको छ।
बैठकमा सरकारका कामबारे पनि समीक्षा हुनेछ।
सीमा समस्या र समाधानबारे पनि छलफलका एजेन्डा राखिएका छन्।
पार्टी एकता र बाँकी कामहरू, एमसिसी परियोजनालगायत एजेन्डामा छलफल हुने जनाइएको छ ।

१० असार २०७७, बुधबार १३:२१  मा प्रकाशित

Write your Comment