बाराको जितपुर -नगौल सडकको बेस निर्माण कार्य सुरु

१२ असार २०७७, शुक्रबार १६:५५ प्रकाशित

बारा १२आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर देखि नगौल हुदै रामबन जाने सडकको स्तरउन्नती कार्यको आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ। प्रदेशसभाबाट प्राप्त ५० लाखमा यस आ.वमा सडकको बेस निर्माण गर्ने र अर्को आर्थिक वर्षमा सडक पिच गर्नेगरी स्तरउन्नती सुरु गरिएको हो । सो सडकको प्रदेश सभा सदस्य सुन्दर बिकले आज एक समारोहका बीच शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्य सुन्दर विकले आगामी आर्थिक वर्षमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७,६,३ र २ लाई जोड्नेगरी सडक संजाल निर्माण गरिने गरी योजना आफू बनाएको बताउनुभयो ।सो कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरी, नेकपा केन्द्रीय सदस्य दिनेश राई,नेकपाका नेता देवनारायण चौधरी,नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबाबु गुप्ता,६ का अध्यक्ष क्यामुदिन अंसारी,३का अध्यक्ष जगनाथ घिमिरे,पुर्व प्रधान पंच चिरन्जीवी भक्त पौडेल, स्थानीय समाजसेवीहरु सोहन शर्मा, बिरेन्द्र गिरी,मोजाहिर अंसारी,राजुराज गिरी,सुनिल गुप्ता,तारकेश्वर सोनार,नारी शक्तिकी अध्यक्ष आसा दाहाल,मुनी पाठक,कपुरराज पुरी, संजय पटेल ,मनिर अंसारीलगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष राकेश भक्त पौडेलको सभापतित्वमा कालीका ढकालको सहजीकरण र दुर्गा रिजालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

१२ असार २०७७, शुक्रबार १६:५५  मा प्रकाशित

Write your Comment