छाता पिपरामा सुरु भयो सडक ढलान

१२ असार २०७७, शुक्रबार १७:१५ प्रकाशित

बारा १२आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छाता पिपरा स्कुल देखि ६ लेन सडक सम्मको सडकको आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ। जितपुर सिमरा उपमहानगरपालिका को बिनीयोजीत बजेटबाट प्राप्त २० लाखमा सो सडकको निर्माण कार्य सुरु गरिएको हो । सो सडकको जितपुर सिमरा उपमहानगरपालिका कि उपप्रमुख सरस्वती देवी चौधरीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ ।सो कार्यक्रममा नेकपाका नेता देवनारायण चौधरी,नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोजपौडेल,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ काअध्यक्ष प्रभुनाथ चौधरी, कार्यपालिका सदस्य अनिता चौधरी, समाजसेवी लक्ष्मीकान्त प्यारेलाल, विद्यालयका प्रधानाध्यापक पिताम्बर चौधरीलगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष अजित चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

१२ असार २०७७, शुक्रबार १७:१५  मा प्रकाशित

Write your Comment