सिमराको मैत्री टोलमा सडक तथा नाला निर्माणको काम सुरु

१५ असार २०७७, सोमबार २१:२६ प्रकाशित

बारा १५ आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित मैत्रीटोलमा सडक निर्माणको आज एक कार्यक्रमका बीच सुभारम्भ गरीएको छ । जितपुर सिमरा उपमहानगरपालिका को २५ लाख बजेट बाट सडक तथा नाला निर्माणको काम सुरु गरीएको हो । सो सडकको शिलन्यास गर्दै जितपुर सिमरा उपमहानगरपालिका कि उपप्रमुख सरस्वती देवी चौधरीले यस मैत्री टोलमा सडक निर्माणको काममा हातेमालो गरेर अगाडि बढ्ने अवसर मिलेको भन्दै वर्षातको समयमा कोही कसैलाई हिलोमा हिँड्न नपरोस् भनेर आफू लागिपरेको बताउनुभयो । सो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश राइ, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, नेकपाका नेताहरु अमृतलाल श्रेष्ठ,मिनप्रसाद आपागाइ, सरीता सुब्बा, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का सदस्य रामचन्द्र लामा,राजमोका नेता कर्ण बहादुर थापा, जितपुर सिमरा उपनगरपालिकाका इन्जिनियरहरु संजिब रुपाखेती, समाज सेबिहरु हिरा बस्नेत,राजमडी बराल, नारायण पौडेल,ठाकुर खतिवडा लगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष संचो बहादुर दोगको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

१५ असार २०७७, सोमबार २१:२६  मा प्रकाशित

Write your Comment