बारा १७आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ घण्टीमाइ टोलमा रु २५ लाखमा सडकको ढलान कार्यको आज एक कार्यक्रमका बीच शुभारम्भ गरीएको छ । जितपुर सिमरा उपमहानगरपालिकाको १० लाख र वडा स्वास्थ्य तथा सरसफाइ अन्तर्गत १५ लाख बिनियाेजित बजेटबाट उक्त सडक निर्माण हुन लागेको हो । सुभारम्भ कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्य सुन्दर विकले बिकास निर्माणमा सबै एक जुट भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । सो कार्यक्रममा प्रदेशसभा सदस्य सिता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरी,नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, जितपुर सिमरा उपमहानगरपालिका वडा न ४ का सदस्य नसिम हुसैन,नेकपाका वडा नम्बर ४का नेता पुर्ण चन्द्र तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष माधव अधिकारीको सभापतित्वमा र अर्का अध्यक्ष नबिन अधिकारीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।