प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकरात्मक भएको स्रोतको दाबी छ।
‘दुई अध्यक्षका बीचमा गम्भीर ढंगल छलफल गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो,’अव ओली-प्रचण्डको भेट सकियो, ‘वान टु वान’ वार्ता जरूरी रहेको प्रचण्डको भनाइ थियो ।
दुई अध्यक्षका बीचमा गम्भीर ढंगल छलफल गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो,’अब छलफलका लागि क्रमश: वातावरण बन्दै गएको छ।’
आजको भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताएका थिए।
‘हामी दुई जनामात्रै बस्न जरूरी छ। अरू यताउति नगरिकन हामीमात्रै बसौं भनेर अध्यक्षले भन्नुभएको छ। कार्यदल बन्यो भनेर हिजो बाहिर भ्रम परेको हुनाले अध्यक्ष संवेदनशील हुनुभएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो,’प्रधानमन्त्रीबाट ठोस कुरा केही नआएको भए पनि छलफल, छलफलजस्तो भएको छ।’
बैठकमा प्रचण्डले दुई अध्यक्षकै बीचमा छलफल गर्नु पर्ने बताउनुभएको थियो। दोश्रो तहका नेताहरूभन्दा पनि आवश्यक परे बरिष्ठ नेतालाई बैठक राख्न जरूरी रहेको बताउनुभएको थियो। उहाले वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने समेत बताउनुभएको थियो।
यसअघि आइतबारको भेटमा दुबै पक्षका केही नेताहरूलाई राखेर अनौपचारिक कार्यदल बनाइएको बालुवाटारले बताएको थियो।