राहत र उद्धारमा जुटन कार्यकर्तालाई निर्देशन दिदै नेकपा बैठक श्रावण १३ गते

६ श्रावण २०७७, मंगलवार १४:१४ प्रकाशित

काठमाडौं ६ श्रावण :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।
बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

६ श्रावण २०७७, मंगलवार १४:१४  मा प्रकाशित

Write your Comment