पर्सागढी नगरपालिकाको पुर्वाधार तथा सामाजिक बिकासको काम अन्तिम चरणमा–नगर प्रमुख यादब

९ असार २०७६, सोमबार १५:३८ प्रकाशित

बारा ९ आसाढ
पर्सागढी नगरपालिका प्रमुख लोक नारायण यादबले नगरको पुर्वाधार तथा सामाजिक बिकासको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ । चालु आर्थिक बर्षमा नगरपालिकाको रकम पुर्वाधार तर्फ सडक,नाला,बिध्यालय भवन,स्वास्थ्य भवनमा खर्चीएको र सामजिक बिकास तर्फ बाल संरक्षण,महिला सशक्तिकरण,आय अर्जन,सिपमुलक,आयमुलक कार्यक्रमका साथै वातावरण संरक्षणका कार्यमा रकम बिनियोजन गरेको र बिनियोजित बजेटको काम अन्तिम चरणमा पुगेको नगर प्रमुख यादबले जानकारी दिनुभयो ।
नगरपालिकाले नगर सभाबाट समय मै रकम बिनियोजन गरेता पनि बिभिन्न कारणले असोज कार्तीक देखि काम सुरुहुन नसक्ने भएकोले आर्थीक बर्षको अन्त्यमा कठिनाई हुनेगरेको गुनासो गदै प्रमुख यादबले आगामि आ.ब बाट समय मै योजनाको काम सुरु गर्नु पर्ने अनुभव बाट सिकेको बताउनुभयो । तेस्रो नगरसभा यही आसाढ १० गते गर्ने तय भएको र सो को तयारी पुरा भएको प्रमुख यादबको भनाइ छ ।

९ असार २०७६, सोमबार १५:३८  मा प्रकाशित

Write your Comment