बारा २५ माघ :
नेकपा बहुमत पक्ष( दाहाल-नेपाल) समुह निकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी बाराले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको असंवैधानिक कदम तथा भागिरथी भट्टको पासविक हत्याको विरूद्मामा बाराका प्रमुख जिल्ला अधिकारी दिपक नेपाललाई आज ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा भागीरथी भट्टका अपराधीलाई तत्काल छानबिन गरी पक्राउ गरी कडाभन्दा कडा कारबाई गर्न माग गरिएको छ । जिल्ला कमीटी बाराकी संयोजक संयोजक शोभा कार्की र कोषाध्यक्ष सरीता सुब्बा द्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा संसद बिघटनका बिरुद्धमा एकजुट हुन सबैलाई आग्रह समेत गरीएको छ । ज्ञापनपत्र बुझाउन अनेमसंघ पूर्व बारा जिल्ला ईन्चार्ज अरूणा बि.क.पूर्व प्रदेश संयोजक सिला खनाल, सह संयोजक कुसुम पोखरेल पूर्व अखिल नेपाल महिला संघ (अनेमसंघ) बाराका धनमाया लामा, कमला अधिकारी चिनिमायाँ परियार,श्यामा सापकोटा, मंजु खनाल, पुनमशर्मा लगायतको उपस्थिति रहेको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)