बितेको २४ घण्टामा देशभर थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ जना (५ हजार ३३३ पीसीआर र ६७१ एन्टिजेन)को नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । जसमध्ये थप २२६ सहित २ लाख ७५ हजार ३८ जना निको भएका छन ।
त्यसैगरी बितेको २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीमध्ये २ जनाको गत २४ घण्टामा मृत्यु भएको हो भने ५ जनाको शनिबार मात्रै रिपोर्ट प्राप्त भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ७५ जनाको मृत्यु भएको छ । नयाँ संक्रमितमध्ये ३९५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा ३१२, ललितपुरमा ७४ र भक्तपुरमा ९ जना रहेका छन् ।