बितेको २४ घण्टामा २६१८जनामा कोरोना संक्रमण/ १४ जनाको मृत्यु

११ बैशाख २०७८, शनिबार २०:१६ प्रकाशित

काठमाडौं ११ बैशाख :
बितेको २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ३१३६ पुगेको छ ।

११ बैशाख २०७८, शनिबार २०:१६  मा प्रकाशित

Write your Comment