७ हजार ४४८ जनामा कोरोना संक्रमण,३७ जनाको मृत्यु

२० बैशाख २०७८, सोमबार १७:४३ प्रकाशित

काठमाडौं२० वैशाख : बितेको २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको र संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

२० बैशाख २०७८, सोमबार १७:४३  मा प्रकाशित

Write your Comment