एमालेमा बन्यो १० सदस्सिय कार्यदल : जेठ २ मा फर्किने सहमति कार्यान्वयन गरीने

२ जेष्ठ २०७८, आईतवार १६:१३ प्रकाशित

सत्तारूढ नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
‘जेठ २ भन्दा पहिलेको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको बरिष्ठ नेता नेपालले जानकारी दिनुभयो। मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ उहाँले थप्नु भयो ।

२ जेष्ठ २०७८, आईतवार १६:१३  मा प्रकाशित

Write your Comment